१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मधेशप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ : रास्वपा


689
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ ।

सोमवार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताउनुभएको । उहाँले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको बताउनु भयो ।

उहाँले प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरु समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबण्डामा लागेको आरोप लगाउनु भयो ।