काठमाडौं, भदौ २३ । यो साता कारोबारसहित पुँजीबजारमा उच्च अंकको वृद्धि आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे ३९ अंकले बढेर अन्तिम दिन १२ सय २९ अंकमा पुग्यो ।
यो साता कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै साताको नेप्से दोहोरो अंकले बढेको हो ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च १७७ अंकले बढ्यो भने जीवनबिमा समूहमा पनि १२८ अंकले उक्लियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीका दुई अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १८० कम्पनीका ८० करोड ३० लाख रुपैयाँ बराबरका २५ लाख ४२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएको थियो ।
यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि एनएमबि बैंक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा एनएमबि बैंकलाई एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापकले क्रमशः पच्छ्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्