Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता हाबी छ : नेता निधी


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रिय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा कांग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताउनुभयो ।

नेता निधीले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दापनि कांग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने बताउनुभयो ।

नेता निधीले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।