Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


भोलि काठमाडौंका यी ठाउँहरुमा ५ घन्टा विद्युत अवरूद्ध


21.5k
Shares

काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जनाएकाे छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्तिमा अवरोध आउने भएको हो।

दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले बताएको छ।

ज्ञानोदय, गाई-बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुनेछ।

यस्तै, बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।