Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


सरकारको संलग्नता बिना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : सांसद केसी


286
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद केसीले यस्तो बताउनुभएको हो । उहाँले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताउनुभयो ।

सांसद केसीले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्वीन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताउनुभयो । उहाँले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभयो ।

नेता केसीले संसद बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताउनुभयो ।