Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


वर्षाका कारण बाटो बन्द भएपछि डडेल्धुरामा तरकारी कुहिँदै


156
Shares

डडेल्धुरा । अविरल वर्षाका कारण भिमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएपछि डडेल्धुराको तरकारी कुहिँन लागेको छ ।

अमरगढी नगर क्षेत्रका कृषकले उत्पादन गरेको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी, मूला लगायतका तरकारीहरु सोमबारको वर्षाले भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडा–बुढितोला क्षेत्रमा पहिरो जाँदा आवागमन बन्द भएपछि निर्यात हुन नसकेको हो ।

सुदूरपश्चिमका नौ जिल्लामा तरकारी आपूर्ति हुने डडेल्धुराको तरकारी उपभोक्ता सम्म जान नसक्दा तयार भएको तरकारी बारीमै र बिक्रीका लागि गएको तरकारी बजारबाट फिर्ता हुन थालेपछि कृषक र कृषि व्यवसायी चिन्तित भएका छन् ।

बजार पठाउन लागिएको तरकारी फिर्ता आएको र संकलन केन्द्रमा पनि कुहिन थालेपछि करिब १५ लाख रुपैयाँ बराबरको तरकारी नोक्सानी भएको कृषक खडकबहादुर ऐरले बताउनुभयो ।