Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


माओवादी केन्द्रीय समिति बैठक १ बजे बस्ने


78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा केही ढिलो गरी सुरू हुने भएको छ।

११ बजे सुरू हुने भनिएको बैठक प्राविधिक कारण ढिला भएको जनाइएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे सुरु हुने बैठकको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुनेछ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ । बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति वैठकका एजेण्डा तय गरेको छ ।

केन्द्रीय समितिबाट विधान संशोधन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।