Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


130
Shares

काठमाडौं । प्रतिनिधि सभाको अपरोध खुलाउने बिषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

संसद भवन नयाँ बानेश्वरमा बसिरहेको समितिका बैठकमा संसदको अवरोध खुलाउने बिषयमा छलफल भइरहेको छ । साउन ३ गते झण्डै १ सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बाहिरिदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले समातेको थियो । यही बिषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानविन आयाग गठन गर्नु पर्ने भन्दै संसद अवरोध गर्दे आएको छ ।

संसद्को अवरोध खोल्न यसअघि पनि सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूलाई आग्रह गर्नु भएको थियो । प्रतिनिधि सभाको बैठक आज १ बजेलाई बोलाइएको छ ।