Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडी बढ्नुपर्छ : चन्द्र भण्डारी


403
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।

नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताउनुभयो । उहाँले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गर्नुभयो ।

नेता भण्डारीले केन्द्रिय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताउनुभयो ।

नेता भण्डारीले टिम नै बनाएर अगाडी बढ्न पनि आग्रह गर्नुभयो । टिम बनाएर अगाडी बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उहाँको भनाई छ ।