४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ भन्ने चेत आएन : पूर्वसभामुख रानाभाट


156
Shares

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेस अहिलेसम्मका मुलकका परिवर्तनहरुको संवाहक भएकाले कांग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गर्ने भुमिकाबाट कांग्रेस पछि हट्न नहुने बताउनुभयो

पूर्वसभामुख रानाभाटले पार्टीका विचारधारा, झण्डा र नारा चुनावमा सिमित गरी देश विकासका लागि पार्टीहरु एकजुट हुन जरुरी रहेको बताउनुभयो ।