काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताउनुभएको हो ।
नेता गच्छदारले आगामी असोजमा नीति अधिवेशन गर्न प्नस्ताव गर्नुभयो । उहाँले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहश हुनुपर्ने बताउनुभयो । उहाँले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गर्नुभयो ।
नेता गच्छदारले देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेसले कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्