काठमाडौं । राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृत गरेको हो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।





प्रतिक्रिया दिनुहोस्