Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


गण्डकी प्रदेशको बजेट बहुमतले पारित


117
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेशसभामा पेस गरेको वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो । गण्डकी प्रदेश सरकारले पोहोरभन्दा डेढ अर्ब सानो ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले २ पटकसम्म प्रदेश सभा नै अवरोध गरेका थिए । सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका थिए ।

विपक्षी सांसदहरुले सरकारले स्थानीय तहलाई अनुदान घटाएको, बजेटका कार्यक्रमको चुहावट भएको, बिगतका सरकारका कार्यक्रमले बजेटले संवोधन नगरेको भन्दै विरोध जनाएका थिए भने कार्यक्रम पुस्तिकामा सानो अक्षर भएको भन्दै संसद अवरुद्ध गरेका थिए ।