Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


चर्चित गायक तथा अभिनेता रोविन तामाङको निधन


24.7k
Shares

काठमाडौं । नेपाली चर्चित रकगायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो।

रोविन घरको कोठा भित्र मृत भेटिएका उनको पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। मृत्यु कसरी र के कारणले भएको भन्ने बारे खुलासा भएको छैन् ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’ ‘जति माया लाए पनि’ ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्।