Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


श्री एयरलाइन्सका सबै उडान आज स्थगित


3.6k
Shares

काठमाडौं । श्री एयरलाइन्सले आइतबारको सबै उडान स्थगित गरेको छ ।

श्री एयरलाइन्स प्रालिले विमान परीक्षण गर्ने भएको कारण आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर हो ।

शनिबार काठमाडौंबाट धनगढी तर्फ उडान भरेको जहाजमा केही प्राविधिक समस्याले काठमाडौं नै फर्किएपछि श्री एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको हो ।

श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने र सोमबारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुने एयरलाइन्सले जनाएको छ ।