Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


संसद भवन भित्र भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको सांसद ढकालको टिप्पणी


273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर, १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताउनु भएको हो ।

त्यसैगरी उहाँले संघीय संसद सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानविन गर्न सरकार र सम्बन्धित निकायसँग माग गर्नु भयो ।

सांसद ढकालले संघीय संसद भवन भित्र आफ्नो आँखा अगाडि भईरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने समेत बताउनुभयो ।