Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति सन्तोष परियारको आपत्ति


221
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सचेतक परियारले त्रिभुवन विश्वविद्यालयका समाजशाष्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपीट गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरुमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरु शान्ति क्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका ती विद्यार्थीहरुमाथि लगाइएको ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकीर समेत गर्नुभयो ।