Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न सांसद श्रेष्ठको माग


156
Shares

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले संघीय संसद अन्तरगतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संघीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरुको सभापति चयन कार्य ढिलाई गर्न नहुने बताउनु भयो । सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाई भएकाले ती समितिहरुको सभापति चयन प्रक्रियामा भने ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद श्रेष्ठले समितिका सभापतिहरुको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको बताउनु भयो ।सांसद श्रेष्ठले कानुनहरुको निर्माण गरी संघीयता कार्यान्वयनका कामहरुलाई तीव्रता दिनुपर्ने बताउनु भयो ।