१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


आज समाजवादी मोर्चाको घोषणा


520
Shares

काठमाडौं । सत्ता सहयात्री दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ता बाहिरको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको ती दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेका हुन् ।

आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रमलगायतका कार्यक्रमसहित मोर्चा घोषणा गर्न लागिएको हो । संगठनात्मक आचारसंहिता पछि तय गर्ने भनेर सहमति पत्रमा नै लेख्ने तयारी भइरहेको बताइएको छ ।

मोर्चामा रहने तीन दलका ५४ जना सांसद पुग्ने भएकाले सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सामूहिक बार्गेनिङका लागि मोर्चा बनाउन लागिएको विश्लेषण गरिएको छ ।