२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


व्यवसायिक लागत घटाउन पहल गर्ने मुख्यसचिव अर्यालको बचन


156
Shares

काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंगको शुक्रबार भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने पनि बताउनुभयो ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई वधाइ दिदैं विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने वताउनुभयो ।

यसैगरि अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउनुहुंदै यसको संसोधनका लागि पहल गर्न पनि मुख्य सचिव डा. अर्याल समक्ष आग्रह गर्नुभयो ।

यसैबीच नेपाल उद्योग परिसंघले पनि आजै नवनियुक्त मुख्य सचिव अर्यालसँग भेटवार्ता गरी विद्यमान अर्थतन्त्रका समस्याबारे अवगत गराएको छ । परिसंघका अध्यक्ष विष्णु अग्रवालले अर्थतन्त्रको बर्तमान अवस्था चुनौतीपुर्ण रहेको भन्नुहुँदै उहाँले लगानी बढाएर मात्र अर्थतन्त्रलाई चलयमान बनाउन सक्नेमा जोड दिनुभयो ।