Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय


767
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताउनुभयो ।

उहाँले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिन भित्रमा नै मोर्चा घोषणा हुने दाबी गर्नुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘समाजवादी मोर्चाको चर्चा सबैभन्दा बढी छ । यो मोर्चा गठन गर्ने बारेमा हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौँ । यस मोर्चालाई चाँडो भन्दा चाँडो घोषणा गर्नका लागि सबैको आन्तरिक बैठक पूरा भइसकेपछि आज हामीले समाजवादी मोर्चा नेपालको घोषणा नहुने तर चाँडै यसको घोषणामा सहभागी हुनेकुरा सर्वसम्मतिले घोषणा गरेका छौँ ।’

Skip This