Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


योजनाबद्ध विकासका कार्यक्रम लागू गर्नुपर्नेमा जोड


0
Shares

तनहुँ, भदौ २० । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कुनैपनि क्षेत्रको विकास गर्दा त्यहाँको भूगोल तथा साधन–स्रोतलाई हेरेर गर्नुपर्ने बताएका छन् ।

बुधबार तनहुँको दमौलीमा व्यास नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले योजनाबद्ध विकासका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले व्यास नगरपालिका जिल्लाकै पुरानो नगरपालिका भएको र यसले अरु नगरपालिकालाईसमेत नेतृत्व गरेर अगाडि बढ्नुपर्ने बताए ।