Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण हुँदै


1.1k
Shares

काठमाडौं । तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण कार्य भइरहेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा अस्पताल निर्माण भइरहेको हो ।

नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको १० करोड रुपैयाँको आर्थिक सहयोगमा अस्पताल निर्माण गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।