Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


प्रवक्ता विश्वकर्मालाई भोजपुर अदालतमा उपस्थित गराइयो


0
Shares

राजन राई (इमेज)

भोजपुर, भदौ २० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बुधबार भोजपुर जिल्ला अदालतमा बयानका लागि उपस्थित गराइएको छ ।

सर्वोच्च अदालतले पटक–पटक थुनामुक्त गराउन आदेश दिएपनि नयाँ–नयाँ आरोपमा पक्राउ पर्दै आएका विश्वकर्मालाई पछिल्लोपटक निर्वाचनताका भोजपुरमा भएको विस्फोटको आरोप लगाइएको छ ।

सोही मुद्दाको सुनुवाइका लागि उनलाई मंगलबार भोजपुर ल्याइएको थियो ।

बुधबार बिहान ११.३० बजेबाट विश्वकर्माको बयान सुरु भएको छ ।