२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


416
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार बिसौं चरणका दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् । सोही समयमा च्यासल मैदानमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

चर्च ब्वाइज सोमबार ११ औं जितको योजनामा छ । १९ खेलबाट उसको ३६ अंक छ । २० खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको जावलाखेल युथ क्लबको ३३ अंक छ ।

१८ अंक जोडेको एफ.सी खुमलटार र २१ अंक जोडेको फ्रेण्ड्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।