२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै


598
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबारबाट २० औं चरणका खेलहरु सुरु हुँदैछन् ।

आइतबारको पहिलो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सशष्त्र प्रहरीको एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् । यो खेल दिउसो ३ बजे सुरु हुनेछ ।

सोही सयममा च्यासल मैदानमा न्युरोड टिम एनआरटीले मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ । दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लब भिड्दैछन् ।

लिगमा १९ औं चरणको समाप्तीसम्म ३६ अंकसहित चर्च ब्वाइज युनाइटेड शिर्ष स्थानमा रहँदा ३२ अंकसहित जावलाखेल युथ क्लब दोस्रो तथा ३१ अंकसहित मच्छिन्द्र क्लब तेस्रो स्थानमा रहेको छ ।

१८ अंक जोडेको एफ.सी खुमलटार र २१ अंक जोडेको फ्रेण्ड्स क्लब रेलिगशेन क्षेत्रमा रहेका छन् ।