Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


पूर्वाधारका पुरानै कार्यक्रममा जोड


117
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८र ८१ को नीति तथा कार्यक्रम नयाँ खालका परियोजनाभन्दा पनि पुरानै परियोजनालाई निरन्तरता दिनेगरी ल्याएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा पूर्वाधार लक्षित विकास निर्माणमा योजनामा नयाँभन्दा पनि पुरानै खालका योजनालाई अघि सारिएको हो।

सरकारले यसअघि नै केही सीमित पूर्वाधार निर्माणमा हुँदै आइरहेको दुई सिफ्टमा काम गर्ने व्यवस्थालाई प्राथमिकताका साथ अघि सारेको छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम रणनीतिक तथा व्यापारिक महत्वका सडकखण्डहरूको निर्माण तथा स्तरोन्नति गरिने बताए। ‘पूर्व(पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ। आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ,’ उनले भने।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।