Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


दाङमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिँदै


17.5k
Shares

काठमाडौं । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिने भएको छ ।

इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिक अवस्थाको अध्ययन गर्ने गरी आह्वान गरिएको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिनुभयो ।

३ हजार २ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापन केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन निर्माण समेतको अध्ययन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तुलसीपुरमा २०११ सालमा विमानस्थल स्थापना भएको थियो । हाल उक्त विमानस्थलमा १९ सिटे ट्वीनअर्टर विमान मात्रै अवतरण गर्न सक्छन । अहिले यस विमानस्थलको धावन मार्ग सात सय ५० मिटर लामो छ ।

सोही धावनमार्ग विस्तारका लागि अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।