एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटनलाई हराएको छ ।
शनिबार राति युनाइटेडले घरेलु मैदानमा वुल्भरह्याम्पटनलाई २–० ले हराएको हो ।
खेलको ३२ औ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।
जितसँगै युनाइटेड ३५ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित वुल्भरह्याम्पटन ३६ खेलबाट ४० अंक जोडेर १३ औं स्थानमा छ ।






प्रतिक्रिया दिनुहोस्