Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


हस्तकला महासंघको आयोजनामा ६० जनालाई ४५ दिने तालिम


0
Shares

काठमाडौं, असार ४ । नेपाल हस्तकला महासंघको आयोजनामा ६० जनालाई यससम्बन्धी डेढमहिने तालिम प्रदान गरिएको छ ।

महासंघले उद्योग मन्त्रालय व्यापार तथा निकारी प्रवद्र्धन केन्द्रको सहयोगमा सीप प्रशिक्षण एवं प्रविधिसम्बन्धी जानकारी प्रदान गरी हस्तकाला उद्यमीहरुलाई दक्ष तुल्याइ युवाहरुलाई स्वरोजगार तुल्याउने उद्देश्यसहित विभिन्न विधामा यस्तो तालिम दिएको जनाएको हो ।

महासंघले सोमबार राजधानीमा एक कार्यक्रम गरी तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्‍यो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरेकी हुन् ।

प्रशिक्षार्थीहरुलाई मुखाकृति कटांकी, बुट्टा कटांकी चित्र लेखन र परम्परागत माटोको मूर्ति बनाउने प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा मन्त्रालयकी सचिव खतिवडाले स्वदेशमा हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिबद्ध रहेको बताइन् ।