Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


भारतमा संयुक्त सैन्य अभ्यासप्रति आपत्ति, निर्णय सच्याइयोस् : रावल


0
Shares

काठमाडौं, भदौ १९ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी मुलुकहरुले भारतमा संयुक्त सैन्य अभ्यास गर्न सहमति जनाएकामा सत्तारुढ र विपक्षी दलका नेताले आपत्ति जनाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले बिम्स्टेक सम्मेलनमा गरिएको भारतमा बहुराष्ट्रिय सैन्य अभ्यास गर्ने निर्णय सच्याउन सरकारसँग माग गरे ।

‘आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको बिम्स्टेक सदस्य राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्‍यो ?’-सरकारलाई रावलले प्रश्न गरे ।

सैन्य अभ्यासको निर्णय देशभक्तिमाथि आघात भएको उनको भनाइ थियो ।

सरकारले गरेको निर्णय संविधानको मर्म र राष्ट्रियताविपरीत रहेको जिकिर रावलले गरे ।

छिमेकीसँग सम्बन्ध सुधार्ने बहानामा नेपालीको शीर झुक्ने, राष्ट्रिय हितमा आघात पर्ने र मुलुकको दीर्घकालीन अस्थित्वमाथि असर पार्ने छुट कसैलाई नहुने चेतावनी उनले दिए ।

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गम्भीर भएको भन्दै यससम्बन्धमा संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने बताए ।

प्रेस, अभिव्यक्ति र वाक स्वतन्त्रता मौलिक हक भएकाले यसमा कुनैपनि हालतमा सम्झौता गर्न नसकिने उनको भनाइ थियो ।