Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


चितवनमा आठ वर्षमा दुई सय बीस गैंडा मरे


182
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आठ वर्षमा दुई सय बीस वटा गैंडा मरेका छन् ।

निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आठ वर्षमा दुई सय बीस गैंडा मरेका हुन् ।

६४ वटा गैंडा बुढो भएर मरेका हुन् भने १९ वटा गैंडा दलदलमा फसेर तथा बाढीले बगाएर मरेको निकुञ्जले जनाएको छ ।

यस्तै, एकापसमा जुधेर ५१ वटा, बाघको आक्रमणबाट २० वटा, चोरी शिकारीबाट नौ वटा, करेन्ट लागेर आठ वटा, बिरामी भएर १२ वटा, खाडलमा परेर तीन वटा, विष सेवनबाट पाँच वटा गैंडा मरेको पनि निकुञ्जले जनाएको छ ।

२९ वटा गैंडाको भने मृत्युको कारण थाहा हुन नसकेको बताइएको छ ।