३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


काठमाडौं-तराई/मधेस द्रुतमार्ग : ४५ अर्ब लागत बढाउन सेनाको प्रस्ताव


247
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रुपैयाँ बढाउन प्रस्ताव गरेको छ ।

निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो ।

सुरूमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ पुर्‍याइएको थियो । अहिले फेरि २१५ अर्बबाट बढाएर २६० अर्ब रूपैयाँ पुर्‍याउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सेनाले रक्षा मन्त्रालयसँगको छलफलमा लागत बढेर २६० अर्ब रूपैयाँ पुग्ने ब्रिफिङ गरेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।