Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सिन्धुलीमा सवारीको गति चेकजाँच अभियानलाई दिइयो तिब्रता


2.7k
Shares

सिन्धुली । सिन्धुलीको बीपी राजमार्गमा गुडने सवारीका साधनहरुको गति चेकजाँचको अभियानलाई तिब्रता दिइएको छ ।

केही समय यता सिन्धुली जिल्लाको वीपी राजमार्गमा सवारी दुर्घटना बढेर धनजनको क्षति बढेसंगै जिल्ला ट्राफिक प्रहरीले सो अभियानको थालनी गरेको हो ।

राजमार्ग अन्तर्गत सिंगललेनको चियावारी–खुर्कोट सडक खण्डमा सवारी दुर्घटना बढेकाले दुर्घटना न्युनिकरण गर्न अभियानको थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजंग कार्कीले बताउनु भयो ।

वीपी राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सो सडकमा गुडने निजी तथा सार्वजनिक सवारीका साधनहरुको चेकजाँच गति नियन्त्रणका कार्यले जनधनको क्षति रोकथाम गर्न सहयोग पुग्ने यात्रु तथा चालकहरुले बताएका छन् ।

सिन्धुली ट्राफिकले बीपी राजमार्गमा संचालन हुने सबैखाले निजी तथा सार्वजनिक यातायातका सवारीका साधनहरुको गति चेकजाँच गर्ने, कागजपत्र हेर्ने, मादक पदार्थ सेवन तथा सवारीका साधनहरुको अवस्थाको चेकजाँच गर्ने जस्ता कार्यहरु गर्न थालेको हो ।