Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


हरिपुरमा प्रसूतिकर्मी र नर्सिङ स्टाफलाई तालिम


247
Shares

सर्लाही । सर्लाहीको हरिपुरमा प्रसुतिकर्ता र नर्सिङ स्टाफलाई आयोजना गरिएको ३ दिने वानसाइड कोचिङ एण्ड मेन्टोरिङ तालिमको आज समापन गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर र स्वास्थ्य चौकी लक्ष्मीपुरमा कार्यरत प्रसुतिकर्तालाई सुरक्षित प्रसुती गराउन सिकाउने उद्देश्यले हरिपुर नगरपालिका स्वास्थ्य शाखासँग समन्वय गरी ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनले समन्नुपति परियोजना अन्तर्गत बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको हो ।

तालिमको आज हरिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नं. २ का वडाध्यक्ष निलबिक्रम थापा र लक्ष्मीपुर स्वास्थ्य चौकीमा वडा नं. ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, स्वास्थ्य शाखाका प्रमुख अनिलकुमार चौधरी, ग्रामीण नारी उत्थान संघको मातृ स्वास्थ्य तथा पोषण प्रमुख ममता मुर्मुलगायतको आतिथ्यतामा समापन गरिएको हो ।

नेपालमा अझै पनि प्रसव पीडाको समयमा मृत्यु हुने संख्या अधिक रहेकाले आमा तथा शिशुको मृत्यु संख्या न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।