Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


रविका समर्थकहरुले हुटिङ गरेपछि मतदान स्थगित


2.3k
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि मतदान स्थगित भएकाे छ ।

भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान स्थगित भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

मतदानस्थलमा लामिछाने पुग्दा समर्थकले हुटिङ गरेका थिए। मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए।

एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल भएको थियो। दुई पक्षबीच विवाद भएपछि अहिले मतदान रोकिएको स्राेतकाे भनाइ छ ।

Skip This