Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


राष्ट्रपति रनिङ शिल्ड नगरपालिकाको कब्जामा


104
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा भएको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिकाले हात पारेको छ ।

सदरमुकाम सल्लेरीस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र १६ कास्य सहित सोलुदूधकुण्ड नगरपालिका प्रथम भएको हो ।

१४ स्वर्णसहित ३८ पदक पाएर थुलुङ दूधकोशी गाउँपालिका दोस्रो र सात स्वर्ण सहित २३ पदक पाएर माप्यदूधकोशी गाउँपालिका तेस्रो भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यालय प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, नेचासल्यान गाउँपालिका ६ स्वर्णसहित १९ पदकका साथ चौथो, महाकुलुङ गाउँपालिकाले १ स्वर्णसहित ११ पदक, खुम्बु पासाङल्हामु गाउँपालिकाले १ स्वर्ण सहित ८ पदक र सोताङ गाउँपालिकाले १ स्वर्ण सहित ५ पदक प्रा्रप्त गरेका छन् ।

प्रदेश स्तरीय प्रतियोगिताका लागि विभिन्न १८ विधाका खेलहरुबाट ८६ जना खेलाडी छनौट भएको सचिव घिमिरेले बताउनुभयो ।

बैशाख ५ गतेदेखि ७ गतेसम्मरु भएको प्रतियोगितामा जिल्लाका ७ वटा पालिकाले सहभागीता जनाएको थिए ।