१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


खेलाडी विदेश पलायन हुने क्रम नरोकिए देशलाई नै हानी पुग्छ : रामबोस श्रेष्ठ


1.3k
Shares

भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोस श्रेष्ठले खेलाडीहरू विदेश पलायन हुने नरोकिए यसले खेल क्षेत्रसँगै समग्र देशलाई नै हानी पुग्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले लामो समयसम्म लगानी गरेर उत्पादन गरिएका खेलाडी विदेश पलायन हुँदा यसले खेल क्षेत्र र देशलाई नै हानी पुग्ने बताउनु भएको हो ।

श्रेष्ठले खेलाडी विदेश पलायन हुने क्रम बढे खेलाडी देशका गहना हुन भन्ने मान्यता मात्र मान्यतामा सीमित रहने आशंका व्यक्त गर्नुभयो ।

सकेसम्म कुनै सांसदको रोजाइमा नपर्ने खेलकुद मन्त्रालय भएकाले लामो समयसम्म सरकार गठन हुँदासमेत खेलकुद मन्त्रालयले मन्त्री पाउन नसकेको बताउनु हुँदै उहाँले राजनीतिक दल र तीनका नेताहरूको सोचमा खेल क्षेत्रको मार्गचित्र वा धारणा स्पष्ट नभएसम्म देशमा खेल क्षेत्रको विकास नहुने ठोकुवा गर्नुभयो ।

खेलाडीका लागि भन्दा पनि राजनीतिकर्मीहरूले आफ्नो स्वार्थको परिपूर्तिका लागि खेलकुद मन्त्रालय प्रयोग गर्ने रोगकै कारण खेल क्षेत्र थिलोथिलो बनेको बताउनुभयो ।

विगतमा खेल क्षेत्रमा लागेर जीवन जोहो गर्न नसक्ने अवस्था रहेता पनि पछिल्लो समयमा बिस्तारै खेल क्षेत्रमा लागेर जीवन जोहोका साथ देशको नाम विश्वमै परिचित गराउन सक्ने वातावरण बन्दै गएको उहाँले बतायनुभयो ।