Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु, ३ हजार बढी घाइते

३७ लाख मानिस विस्थापित

156
Shares

एजेन्सी । सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ ।

३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे । सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र उनका सहयोगी शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान डग्लोबीच झडप भएको हो ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले जारी गरेको एक विज्ञप्तिमा एल ओबेद दक्षिणमा आफ्नो परिवारसँग यात्रा गरिरहेको एक गाडी दुई द्वन्द्वरत पक्षबीच भएको भिडन्तमा फसेपछि आईओएम सुडानका एक समर्पित कर्मचारीको मृत्यु भएको पुष्टि गरिएको उल्लेख छ ।

साथै संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा आफ्ना एक कर्मचारीको मृत्यु भएको जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) मा कार्यरत ति मानवीय सहायताकर्मी सुडानमा शनिबार भएको द्वन्द्वपछि मृत्यु भएका संयुक्त राष्ट्रसंघका चौथो कर्मचारी हुन् । पूर्वी सुडानको उत्तरी डार्फर क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का तीन जना कर्मचारीको हत्या भएको छ ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले जारी गरेको एक विज्ञप्तिमा एल ओबेद दक्षिणमा आफ्नो परिवारसँग यात्रा गरिरहेको एक गाडी दुई द्वन्द्वरत पक्षबीच भएको भिडन्तमा फसेपछि आईओएम सुडानका एक समर्पित कर्मचारीको मृत्यु भएको पुष्टि गरिएको उल्लेख छ ।

भिटोरिनोले कर्मचारीको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको र संयुक्त राष्ट्रसंघका अन्य निकायसँग मिलेर उनीहरूको सुरक्षा प्रतिक्रिया अद्यावधिक गर्ने बताएका छन् ।