Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


ओडिआईमा सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट


1.7k
Shares

काठमाडौं । किक्रेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन्।

यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्दै सन्दीपले आफुले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् ।