काठमाडाैं । शहीद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतवार शहीद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लवले सांकेतिक विरोध गरेका छन् ।
च्यासल मैदानमा शहीद स्मारक ‘ए’ डिभजिन लिग अन्तर्गत संकटा र एपिएफबीचको खेलका दौरान ‘बी’ डिभिजन लिग क्लबले प्रश्नबाचक चिन्हसहित सांकेतिक बिरोध गरेका हुन् । विभिन्न पम्प्लेट लिएर उपस्थित भएका ‘बी’ डिभिजन लिगका पदाधिकारीले क्रिकेटको ब्याटमा ‘बि’ डिभिजन ? लेखेर प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शनमा उत्रिएका सरस्वती युथ क्लवका एक पदाधिकारी शिक्षित पराजुलीले बी डिभिजन लिगलाई हेर्ने दृष्टि तल्लो दर्जाको रहेको र चाँडो भन्दा चाँडो मिति तय गरेर खेलाडीलाई खेल्ने वातावरण मिलाउन आग्रह गर्नुभयो । पराजुलीले खेलको दौरानमा गरेको प्रदर्शन एन्फालाई सांकेतिक सुझाव भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो बिरोध भन्दा पनि सांकेतिक सुझाव हो । एन्फाले यसलाई गहन रुपमा लिन्छ भन्ने आशा छ । हामीलाई एन्फाले ‘ए’ डिभिजन भन्दा तल्लो दर्जामा राखेर हेरिरहेको छ । चाँडो भन्दा चाँडो लिगको मिति तय गरेर खेलाडीलाई खेल्न वातावरण मिलाउनु पर्छ । यदी लिग चाँडो भएन भने लिगहरु धरासायी हन्छन् । खेलाडीहरु अमेरिका र अस्ट्रेलिया जान बाध्य हुन्छन् । यस्तो अवस्था आए त्यसको जिम्मेवारी एन्फाको हुनेछ । त्यसैले समयमै यसको व्यस्थापन गररे समयमै समाधन गर्नुपर्छ।’
अखिल नेपाल फुटबल संघ एन्फाले शुरुमा चैत १५ मा हुने तय भएको लिग एन्फाले चैत २९ मा सारेको थियो । आर्थिक विषयलाई उल्लेख गर्दै एन्फाबाट लिग हुन्न भन्ने भएपछि लिग क्लवहरुले बिरोध गरेका हुन् । क्लवहरुले क्षतीपूर्तीको माग पनि गरिहेका छन् ।






प्रतिक्रिया दिनुहोस्