Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मुलुकी संहिता संशोधन हुनुपर्छ : देउवा


0
Shares

चितवन, भदौ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले मुलुकी संहिताको धेरै विषयमा विरोध भईरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताए । उनले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले देशव्यापी गरिरहेको आन्दोलनमा कांग्रेसको समर्थन रहेको जनाए ।

चिकित्सकहरुका जायज माग सम्बोधन हुनुपर्ने देउवाको भनाइ छ । उनले मुलुकी संहिता सबैसँग छलफल गरेर नै ल्याए पनि अहिले विरोध सिर्जना भएकोले समय सापेक्ष संशोधन गर्नुपर्ने प्रतिक्रिया दिए ।

देउवाले सरकारका पछिल्ला गतिविधि सही ढंगले अघि बढ्न नसकेको बताए । उनले  बिमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र बिमस्टेक फरक फरक संगठन भएकोले एकलाई अर्कोसँग जोड्न नहुने देउवाको तर्क छ ।

यस्तै उनले संयुक्त सैन्य अभ्यासका बारेमा सबैको सहमति नभएकोले छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले दोषीको पहिचान गरि कारवाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।