काठमाडौं । काठमाडौंमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एशाेसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको खेल तालिका सार्वजनिक भएको छ ।
त्रिपुरेश्वरस्थिति राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुने प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता रहने भएकाे हाे । प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म हुने भएकाे छ ।
खेल तालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल जेठ ८ गते हुने भएकाे छ । नेपालले समूहको दोस्रो खेलमा बंगलादेश र अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।
त्यस्तै, समूह ‘बी’ मा उज्वेकिस्तान, काजकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्