३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


व्यवसायीले निकाले अर्थनग्न जुलुस (भिडियो)


0
Shares

बद्री नयाँघरे (इमेज)

रामेछाप, असार ४ । रामेछापका व्यवसायीले बीपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ठूला ढुवानीको साधनमा रोक लगाइएको भन्दै सोमबार अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

रामेछापमा ठूला ढुवानी तथा सवारीका साधन सन्चालन गर्न पाउनुपर्ने माग गर्दै व्यवसायी र स्थानीय उपभोक्ताले अर्धनग्न जुलुस निकालेका हुन् ।

मन्थलीबजारस्थित मदन भण्डारीचोकबाट निस्किएको जुलुस, बीपीचोक, देवकोटाचोक, बसपार्क, आकाशे हुँदै बजार परिक्रमा गरेर फेरि देवकोटाचोकमा आएर टुंगिएको थियो ।

एक महिनादेखि ढुवानी ठप्प हुँदा रामेछापमा खाद्यान्न तथा निर्माण सामग्री नै नपाउने अवस्था हुन लागेको छ भने निर्माणको कामसमेत प्रभावित भएको छ ।

भिडियो हेर्नुहोस्