काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु साेमबारबाट सुरु हुँदैछन् ।
सोमबार दिउँसाे दुई खेलहरु हुने भएका हुन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको हाे । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुने भएकाे छ। खेल साेमबार दिउँसो २ बजे
हुने भएकाे छ ।
एपीएफ साेमबार तेस्रो जितको खोजीमा हुने भएकाे छ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजिमा हुनेछ । पाँचौं चरणसम्म जित विहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर
पुछारमा रहेको छ । त्यस्तै, एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुने भएकाे छ । संकटा र खुमलटारबीचको खेल साेमबार दिउँसो २ बजे सुरु हुने भएकाे छ ।






प्रतिक्रिया दिनुहोस्