Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सरकारी अस्पतालका डाक्टर अब निजी क्लिनिकमा संलग्न हुन नपाउने


9.2k
Shares

काठमाडौं । सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले अब निजी क्लिनिकमा संलग्न हुन नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकमा संलग्न चिकित्सकहरुलाई आफ्नो नाम हटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गरी निजी क्लिनिकहरुबाट नाम हटाउन चिकित्सकहरुलाई निर्देशन दिँदै अटेर गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपालमा निजी क्लिनिकहरूले नाम चलेका सरकारी अस्पतालमा कार्यरत डाक्टरका नाम राखेर क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये केहीको नाम विभिन्न निजी क्लिनिकहरुमा प्रयोग भईरहेको पाइएको भन्दै मन्त्रालयले त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २२ को आचारसंहिता उल्ल्घंन हुने गरी कुनै पनि चिकित्सकले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्न नपाइने पनि मन्त्रालयले स्मरण गराएको छ ।