२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


थ्रि नेशन्स कप फुटबल : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै


767
Shares

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५ बजे हुनेछ ।

नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । शुक्रबारको खेलमा पनि नेपाल त्यहिँ लय कायम राख्न चाहन्छ ।

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो भने लाओसले दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको अर्को टोली भुटान भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।