Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


भोजपुर गोल्डकप : मोरङलाई पछि पार्दै भोेजपुर फाइनल प्रवेश


520
Shares

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत आयोजक भोजपुर जिल्ला फुटबल संघ फाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको सेमी फाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघ भर्सेस डाँगीहाट युथ क्लब मोरङविच भएको खेलमा निर्धारित समयमा १/१ गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा भोजपुरले र मोरङलाई ९–८ गोल अन्तरले भोजपुर विजयी भएको हो ।

ट्राइब्रेकरमा भोजपुरका खेलाडिहरु विजय भुजेल, रेमन उदास, राम तामाङ, लक्ष्मण तामाङ, विवेक राई, सन्तोष तामाङर गोल रक्षक धिरज मगरले गोल गरेका थिए भने मोरङका विवेक राई, रोशन धिमाल, प्रविन राई, रोमन भुजेल, सुवास तामाङ, विनोद राईले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच आयोजक टिमका गोल रक्षक धिरज मगर भएका छन् । प्रतियोगीता अन्तरगत बुधबार गोर्खा व्याइज रुपन्देहि भर्सेस क्यारुनबीच हुने आयोजकले जनाएको छ । भने फाइनल खेल तथा खेलको समापन आगामी चैत्र १६ गते हुने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिएका छन् ।

नकआउटका आधारमा संचालन भएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।