Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशको खेल बराबरीमा


494
Shares

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग बराबरी खेलेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन । तर, खेलको ७५ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याइन ।

यो बराबरीसँगै नेपाल ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । बंगलादेशले ४ खेलमा ७ अंक जोड्यो । प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुने छ । रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।