
युवराज रोइला (इमेज)
खोटाङ, असार ४ । जिल्ला अस्पताल खोटाङमा पहिलोपटक क्लिनिकल स्किल ल्याब सेवा सन्चालनमा ल्याइएको छ ।
‘वान हर्ट वर्ल्ड वाइड’को आर्थिक सहयोगमा सन्चालनमा ल्याइएको उक्त क्लिनिकल स्किल ल्याब सेवाको सोमबार दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरे ।
नवजात शिशु मृत्युदर र मातृ मृत्युदर रोकथाम होस् भन्ने उद्देश्यका साथ ल्याब सेवा सन्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
सो सेवा सन्चालनमा ल्याउन जिल्ला अस्पताललाई एकथान फोटोथेरापी मेसिन, एकथान बेबि कट र एकथान ट्रली उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्